images

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं– कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको  बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।