images

बालुवाटार पुगेका नेता खनाललाई प्रचण्डकाे आश्वासनः “के केमा सहमति गर्नुपर्छ गरौंला !”

काठमाडौं–नयाँ राजनीतिक समिकरणसँगै राजनीतिक सरगर्मी बढ्दै गइरहेको छ । कांग्रेसलाई प्रतिपक्षमा राखेर एमाले लगायतका दललाइ सत्ता साझेदार बनाएसँगै दलहरु आफ्नो पक्षमा बहुमत ल्याउनका लागि तँछाड मछाड गरिरहेका छन् । उनीहरुले भेटघाट र दौउडधुप तिब्र बनाएका छन् ।

बुधबार नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, देउपा पत्नी आरर्जू राणा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक नेपाल निवास कोटेश्वर पुगेका थिए । उता नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ।

प्रचण्डसँग उनले समसामयिक घटनाक्रमका बारेमा कुराकानी गरेका छन् । दुई नेताको भेटमा प्रचण्ड खनाललाई आश्वास्त पार्दै आफ्नो दलसँग सत्ता साझेदार गर्न अनुरोध गरे । ‘के–के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’प्रचण्डको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।

हिजो मात्रै नेता खनालले आफूहरुलाई सम्मानजनक ढंगले सहमति गरेर जाने हो भने आफूहरु सरकारमा जान सक्ने उद्घोष गरेका थिए ।