images

मन्त्रीलाई बर्खास्त गरेसँगै गण्डकी माओवादीले लियो समर्थन फिर्ता

काठमाडौं– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।