images

मिटरव्याज पीडित वार्ता टोलीका संयोजक सहित १३ जना पक्राउ

काठमाडौं–मिटरव्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कुशवाहलाई मिटरब्याज पीडितको तर्फबाट वार्ता टोलीको संयोजक बनाइएको थियो ।

उनीहरुलाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो ।मिटरव्याज पीडित र सरकारबीच वार्ता भएको भए पनि विना निष्कर्ष टुंगिएको थियो।