images

लुम्बिनी प्रदेशका माओवादी मन्त्री बर्खास्त

काठमाडौं–केन्द्रमा आएको सत्ता फेरबदलसँगै त्यसको प्रत्यक्ष असर प्रदेशहरुमा परिरहेको छ । कतै बर्खास्त त कतै राजीनामा दिइरहेका छन् । यस  क्रममा आज लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादीबाट मन्त्री भएका अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईका अनुसार उनीहरुलाई आजै बर्खास्त गरिएको हो ।