images

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समिक्षा गर्न कांग्रेस संसदीय दलको बैठक आव्हान गरेका छन् । सत्ता गठबन्धन बदलिएसँगै रणनैतिक योजना बनाउनका लागि बैठक आव्हान गरेका हुन् ।

विहिबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । तर कांग्रेस प्रचण्डले धोका दिएको भन्दै उक्त गठबन्धनलाई ढाल्ने रणनैतिक दाउमा लागेको छ ।