images

गृहमा रवी, अर्थ र परराष्ट्रमा माओवादीका मन्त्रीको नाममा सहमति

काठमाडौं– नयाँ समिकरण सहित बनेको सत्ता गठबन्धनले तीनवटा मन्त्रालयको जिम्मेवारी टुंगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदारको बैठकले सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल गरेको हो ।

माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ ।

यस्तै रास्वपाका गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएको छ ।

गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन । नयाँ मन्त्रीहरुको आजै ५ बजे नयाँ मन्त्री सपथ ग्रहण गरिने समेत जनाइएको छ ।