images

रास्वपाका चारमन्त्रीको नाम र जिम्मेवारी टुंगियो

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का चारै जना मन्त्रीको नाम र जिम्मेवारी टुंगिएको छ । रास्वपाले आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको हो ।

रास्वपा केन्द्रीय कार्यालयलबाट स्पेस समाचारलाई प्राप्त जानकारी अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

यस अघिको सत्तागठबन्धन टुटेर बनेको नयाँ गठबन्धनमा सहभागी भएको रास्वपाले मन्त्रीहरुको नाम र मन्त्रालयको बाँडफाँड सबैभन्दा पहिला टुंग्याएको छ ।