images

नेकपा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं–नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । बुधबार केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्काे एक मन्त्रालयमा जाने बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस अघि प्रचण्ड,ओली सहितका नेताहरुले सरकारमा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेरै अनुरोध गरेका थिए ।

नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री प्रचण्डबीच आज भएको भेटवार्तामा पनि प्रचण्डले जुनसुकै सहमति भए पनि गर्न तयार रहेको आश्वास दिएका थिए । देउवाले आजै नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले धोका दिएको बताउँदै मिलेर जान अनुरोध गरेका थिए ।

यस अघिको गठबन्धन सरकारमा प्रचण्डपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको थियो । गठबन्धन टुट्दा यस विषयमा अलि गम्भीर देखिएका माधव नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीले समेत फकाएपछि दुई मन्त्रालयमै चित्त बुझाएका छन् ।