images
images
images

जसपा तत्काल सरकारमा नजाने, पहिलो सर्त मधेशको नेतृत्व

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु तत्काल सरकारमा जाने कुराको निष्कर्षमा पुगिनसकेको बताएका छन् । जसपाले मधेश प्रदेश सरकारको नेतृत्व आफूले लिन पाउनु पर्ने सर्त राखेकाे छ।

जसपा कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादवका अनुसार पार्टीको पहिलो बटमलाइन भनेको मधेश प्रदेश सरकार हो, तर अहिलेसम्म त्यो सुनिश्चित भएको छैन । त्यहाँको सरकार के हुने हो, त्यसको पनि ग्यारेन्टी नभएको कारण तत्कालै सरकारमा नजाने उनले जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS