काठमाडौं– नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।
विहिबार बिहान विभिन्न सञ्चार माध्यमहरुले राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार प्रकाशन तथा प्रशारण गरेका थिए । उक्त विषय हल्ला मात्रै भइको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीम ढकालले राई पक्राउ परेको कुरा निराधार रहेको स्पेस समाचारलाई जानकारी दिए । उनले भने, जिबी राई परेका छैनन, जानकारी छैन । डिआइजी ढकाल इन्टरपोलमार्फत उनको खोजि भइरहेको जनाएका छन् ।