images
images
images

सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन कार्यकारिणी समितिको बैठक बोलाएको छ । सरकारमा जाने सहमति गरेको जसपा नेपालले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि विहिबार बिहान कार्यकारिणीको बैठक बोलाएको हो ।

जसपाका अध्यक्ष यादवलाई कार्यकर्ताले केन्द्रको मन्त्रालय भन्दा पनि मधेश प्रदेशको नेतृत्वलाई पहिलो सर्तका रुपमा राख्न दबाब दिइरहेका छन् । यसै कारण सरकारमा जाने सहमति गरेको जसपा हिजो निष्कर्षमा पुग्न नसकेको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS