images
images

शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन: हाम्रो परीक्षा सुरू भयो

काठमाडौं–नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले औपचारिकतामा रुमल्लिएर बस्ने छुट आफूहरुमा नभएको बताएकी छन् । सामाजिक सञ्जाल ट्विट मार्फत मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रको साथ सहयोग र सुझावको अपेक्षा गरेकी छिन् ।

ट्विट मार्फत उनले लेखेकी छन,आजबाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ।

उनले सधैँ जनता माझ हुने आफ्नो प्राथमिकता हिजो एउटा सांसदका रूपमा रहेको र आज एउटा मन्त्रीका रूपमा पनि रहने उल्लेख गरिएकी छन्। उनले भनेकी छन्,हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदैछौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ।

मन्त्री श्रेष्ठले अहिले बधाई भन्दा पनि तपाईँहरूको शुभकामनाको खाँचो रहेको औल्याउँदै अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी छन् । साथै उनले बधाईको लागि पनि पछि कार्यतालिका बनाउने उल्लेख गर्दै, भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने गरि कार्यतालिका बनाउन लागेको जनाएकी छिन् ।

हाम्रो सचिवालय प्रशासनको कार्यसम्पादनलाई पनि सबल बनाउन तपाईँको सहयोग चाहिन्छ। औपचारिकतामा रुमल्लिएर बस्ने छुट यो देशसँग छैन, उनले उल्लेख गरेकी छिन् ।