images

प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरतातर्फ धकेलेः कांग्रेस

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । विहिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रचण्डले गठबन्धन दललाई विश्वास घात गरेको निष्कर्ष  निकालेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,’नेपाली कांग्रेस सदैव गठबन्धनका पक्षमा इमान्दार रह्यो । प्रचण्डले गठबन्धन र हामीलाई विश्वासघात गर्नु भयो । उहाँले विभिन्न कारणहरु भनिरहनु भएको छ । उहाँले कपोकल्पीत र झुट बोल्नु भएको छ । उहाँले राजनैतिक बेइमानी गर्नु भएको छ ।’

उनले प्रचण्डले मुलुकलाई अस्थिरता तर्फ थकेलेको बताउँदै थपे,’उहाँले अविश्वसनीय ढंगले गठबन्नध भत्काएर मुलुकलाई अस्थितरता तर्फलिनु भयो । प्रचण्डलाई दिएको समिर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब नेपाली कांग्रेस संघीय सरकारमा प्रमुख प्रतिपक्षका रुपमा भूमिका निर्वाह गर्छ ।’

कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस अघि नै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।