images

प्रधानमन्त्री प्रचण्डले संसद बैठकलाई सम्बोधन गर्दै

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् । यस अघि तत्कालिन प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायतका दलले बालकुमारी घटना लगायतका विषयमा मन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध पारेका थिए । सभामुखले पटक पटक प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए पनि प्रधानमन्त्री सदनमा उपस्थित भएका थिएनन् ।

गत २१ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई सदनमा आएर अनिवार्य रुपमा सांसदका प्रश्नको जवाफ दिन सभामुखले निर्देशन समेत गरेका थिए । साथै मुलुकमा पहिलो गठबन्धन सरकार बदलिएर नयाँ गठबन्धन सरकार बनिसकेको छ ।