images

सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारीमा पुनः रेखा शर्मा दोहोरिएकी छिन् । मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

विहिबार बसेको पुनर्गठित मन्त्रिपरिषद पहिलो बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । शर्मा यसअघि पनि सरकारको प्रवक्ता थिइन् ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन (सीएसडब्ल्यू) को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।