images

हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट यो सरकारलाई छैनः एमाले

काठमाडौं–नयाँ गठबन्धन सरकारले पूर्णता नपाउँदै गठबन्धनमा आबध्द दलहरू सशंकित देखिएका छन ।  प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश वर्ताैलाले यो सरकारलाई काँध फेर्ने छुट नभएको बताए ।

प्रमुख सचेतक बर्ताेलाले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । सरकारले समग्र देशको पक्षका काम गर्ने सामर्थ राख्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट पनि छैन । हिँड्दा आफ्नै भारीले थिचिने अवस्थाको बनाउने छुट पनि छैन ।’

प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसलाई प्रमुख प्रतिपक्षमा बसाउँदै एमाले लगायतका दलहरुसँग सत्ता साझेदार गरेको छ ।