images

कांग्रेस सांसद खतिवडाको व्यङ्ग्य, हराएको प्रधानमन्त्री भेट्ने अवसर पाउनु भएकोमा बधाई

काठमाडौं–नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तारुढ दल नेकपा एमाले र रास्वपा प्रति व्यङ्ग्य प्रहार गर्दै हराएको प्रधानमन्त्री भेटाएको प्रति धन्यवाद ज्ञापन गरेका छन् । विहिबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खतिवडाले भने,’हराएको प्रधानमन्त्री भेट्नु भयो । हराएको प्रधानमन्त्री भेटाउनु भएकोमा सबैलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

एमाले प्रतिपक्षमा रहँदा सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको भनेर ब्यंग्य मिश्रित अभिव्यक्ति दिएका थिए । सांसद खतिवडाले सरकारलाई जनताले समेत भेटोस् भन्दै सहकारी पीडितहरुले न्याय पाउनु पर्ने र सरकारी ठगहरुले कार्बाही पाउनु पर्ने बताए ।

उनले मिटरव्याज पीडित र लघुवित्त पीडिले न्याय पाउनु पर्ने बताउँदै सरकारले उपप्रधानमन्त्री थपेको प्रति आलोचना गरे । उनले भने,’उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस शुभकामना ।’

कांध मात्रै नफेरि खुट्टा फेर्ने समेत प्रधानमन्त्री प्रचण्ड प्रति तिखो व्यङ्ग्य प्रहार गरे । उनले एमालेलाई लक्षित गर्दै छोरी नगरपालिका मात्रै भन्थे अब बा नगरपालिका घोषणा गर्नु पर्ने बताए ।