images

अघिल्लो गठबन्धनमा म सुरक्षित नै थिएँ: प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अघिल्लो सत्ता गठबन्धनसँग व्यक्तिगत रुपमा र प्रधानमन्त्रीको रुपमा कुनै समस्या र अफ्ठयारोमा नरहेको स्पष्ट पारेका छन् । सत्ता गठबन्धन फेरबदल गरेसँगै पहिलो पटक प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधामन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने,’अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा म कुनै समस्या वा अफ्ठयोरोमा थिइन् । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो
नेपाली कांग्रेसका नेतृत्व र मेराबीच व्यक्तिगत अविश्वास पनि केही थिएन ।’

उनले टिकिरहनु मात्रै स्थायीत्व नभएको बताए। उनले करिव ११ महिनाको सत्ता साझेदारका लागि कांग्रेस सभापति शेर बहादुर देउवालाई बधाइ समेत व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा आफ्नो पार्टीले धोका पाएको, कांग्रेस महासमितिको बैठकका निर्णय लगायतका विषयमा भने गुनासो गरे ।