images

गठबन्धन भत्काएर प्रधानमन्त्रीले जनमतको घोर अपमान गर्नुभयोः कांग्रेस सचेतक लेखक

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर जनताको घोर अपमान गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता लेखकले गठबन्धन भत्काउने राजनैतिक वेइमानी गरिएको आरोप लगाए ।

बैठकलाई सम्बोधन गर्दै उनले भने,’यो व्यक्तिगत सम्बन्धनमा आधारित विषय होइन। इमान नभएकाले बेइमानी भनेको हो । यो गठबन्धन भत्काउने काम गठबन्धनको मूल्य र मान्यता विपरित हो। यसले अन्यौलाता र अस्थितरता तर्फ थकेलेको छ । जनमतको कदर नगर्ने काम भयो ।हामीले गठबन्धन प्रति इमान्दारिता र सदासयता निरन्तर देखाएका छौं । यसरी गठबन्धन भत्किँदा यो नेपाली कांग्रेसका प्रति धोका हो ।’

उनले प्रधानमन्त्री प्रचण्डले विना कारण अतिरञ्जीत कुराहरु गरेर उम्कीने काम भएको समेत आरोप लगाए । उनले कांग्रेस अब सरकारलाई दिएको समर्थन फिर्ता लिदैं राम्रा कामको समर्थन गर्ने तर यी कांग्रेस रचनात्मक तरिकाले अघि बढ्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, के संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारणले रोकिएको हो ? उनले प्रधानमन्त्रीले कांग्रेस प्रति न्याय नगरेको समेत जिकिर गरे।