images

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जनता समाजवादी पार्टीले सरकारमा जाने दुई मन्त्रालय र मन्त्री टुङ्गो लगाएको हो । त्यस्तै जसपाले एक राज्यमन्त्रीको समेत टुङ्गो लगाएको हो ।

अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्री दिने भएको छ भने वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ ।

यादव यसअघि पनि स्वास्थ्य मन्त्री बनिसकेका थिए । साह यस अगाडि मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक विकासमन्त्री भइसकेका व्यक्ति हुन् ।

राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । उनीहरूले आजै शपथ लिने जनाइएको छ ।