images
images
images

रेशम चौधरी अध्यक्ष बन्न अयोग्य ठहर

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ।

आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै चौधरीलाई अस्वीकार गरेको हो ।

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।आयोगका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अद्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS