images
images
images

त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका प्रकाश पाठकको शव फेला

काठमाडौं–त्रिशुलीमा भएको बस दुर्घटनामा बेपत्ता भएका प्रकाश पाठकको शव फेला परेको छ। बिहीबार बिहान ११ बजे एक युवकको शव फेला परेकोमा अर्को शव ३ बजेर ४३ मिनेटमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाश पाठककाे शव दिउँसो भेटिएको हाे। सशस्त्र प्रहरी बलको सुरक्षा वेश आदामघाट धादिङबाट खटिएको गोताखोरको टोलीले उक्त शव फेला पारेको हो। बिहीबार मात्रै दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ३७ जनाको जिवितै उद्धार गरिएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS