images

एमालेले भन्यो: राजनीतिक स्थायित्व र समृध्दिका लागि प्रचण्डसँग सहकार्य

काठमाडौं–सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायित्व र समृध्दिका लागि प्रचण्ड नेतृत्वको गठबन्धनसँग सहकार्य गरिएको प्रष्ट पारेको छ । कांग्रेससँगको गठबन्धन भत्काउँदै माओवादी नेतृत्वको सरकारसँग सहकार्य गर्न सफल एमालेले सरकारमा गएको विषयमा उक्त धारणा सार्वजनिक गरेको हो ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि एमाले महासचिव शंकर पोखरलले विकास र समृद्धिका कामलाई तिव्रता दिनका लागि एमालेले प्रचण्डसँग सहकार्य गरेको स्पष्ट पारे ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ। त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसावले एमालेको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुर्याएका छौं।’