images

मार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुति रहेको अवस्थामा आक्रमण

काठमाडौं–दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा आक्रमण भएको छ । अज्ञात समूहले बिहीबार राति गाउँपालिकाको सरकारी निवासमा सुतिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण गरेको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको जानकारी दिए । उनले घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति नभएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। उनी त्यहाँबाट भागेर नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर प्रहरी स्रोतले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरीले घटनामा संलग्नहरुको खोजी कार्य थालेको छ ।