images
images

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नेतृत्वको नेपाली टोली यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।

शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ जना सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा जान लागेको हो । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन विहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गगर्न लागेकी हुन् ।

मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जना महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS