images

भिजिट भिसामा दुबई जान लागेका एक एजेन्ट सहित चार जना पक्राउ

काठमाडौं–भिजिट भिसामा दुबई जान लागेका एक एजेन्ट सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा एजेन्ट भविलाल थापा र भिजिट भिसामा जान लागेका तेर्‍हथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठ छन् ।

बिहीबार राती १०ः २५ बजे हिमालय एयरलाइन्सको फ्लाइटबाट उनीहरू दुबई जान लागेका थिए । एजेन्ट थापाले घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराधान अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ । केही समय अघि भिजिट भिसामा नेपालीलाई पैसा उठाएर विदेश पठाउने गरेको अभियोगमा अध्यागमनका नौ अधिकृतसहितलाई प्रहरीले मुद्दा चलाएको थियो ।