images

खेलकुदमन्त्री श्रेष्ठले भेटे फूटबलर प्रीति राई, उपचारमा सघाउने प्रतिवद्धता

काठमाडौं–युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले फूटबलर प्रीति राईलाई भेटेका छन् । मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनशिपको फाइनल खेलमा घाइते भएकी राईलाई भेटेर उपचारमा सघाउने प्रतिबद्धता जनाएका हुन्।

घाइते भएकी राईको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। उनको घुँडाको शल्यक्रिया गरिएको छ। अहिले उनी अस्पतालमै उपचाररत छिन्।

मन्त्री श्रेष्ठले अस्पताल पुगेर राईलाई भेटेका हुन्। राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अखिल नेपाल फूटबल संघ (एन्फा)का महासचिव किरण राईले बताए।

मन्त्री श्रेष्ठले उपचारमा सघाउने प्रतिबद्धता गरेको महासचिव राईले जानकारी दिए।महासचिव राईले भने “उपचारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ। त्यसका लागि कुनै नीतिगत निर्णय गर्नुपरेमा गर्ने बताउनुभएको छ । ”

यससँगै मन्त्री श्रेष्ठले स्वास्थ्यलाभको कामना गरेका छन्। फूटबलर राईलाई हौसला दिंदै मन्त्री श्रेष्ठले भने, “चाँडो मैदानमा फर्किनुहोस्, शुभकामना छ। एन्फासँग मिलेर आवश्यक सहयोग गरौंला।”