images

मन्त्री चौधरीको अमेरिका भ्रमण स्थगित, सचिवको नेतृत्वमा टोली न्यूयोर्क प्रस्थान

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीकाे अमेरिका भ्रमण स्थगित भएको छ ।

यही फागुन २४ गते बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री चौधरीलाई अमेरिका भ्रमण गर्न स्वीकृत गरेको थियो ।

सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भए पनि अन्तिममा आएर स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका कारण भ्रमण रोकिएको जनाइएको छ ।

मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।