images
images
images

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मिति सार्न कांग्रेसको माग

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका विषयमा निर्वाचन आयोगले कांग्रेससँग सल्लाह नगरि एकतर्फी निर्वाचनको मिति तय गरेकाे भन्दै आपत्ति जनाएको छ ।

फागुन २९ गते हुने भनिएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा सरकार र निर्वाचन आयोगले कांग्रेससँग कुनै सल्लाह नगरेको आरोप लगाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभामा कांग्रेस दोस्रो ठूलो दल भएको जिकिर गर्दै कांग्रेसलाई सोध्दै नसोधि मिति तय गरेको प्रति आपत्ती जनाए । प्रमुख सचेतक लेखकले भने,’राष्ट्रिय सभामा कांग्रेस दोस्रो ठुलो दल हो । हामीलाई त कसैले सोधेको छैन कति गर्ने चुनाव गर्ने भनेर । बजारमा भोलि गर्ने, पर्सी गर्ने भनेर हल्ला सुनिँदै छ । त्यसकारण हाम्रो समेत सल्लाहमा चुनाव गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

उनले आफ्नो सल्लाहमा मिति तोकिनु पर्ने अडानमा कांग्रेस रहेको समेत दाबी गरेका छन् । यसअघि शनिवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले कांग्रेसले राष्ट्रिय सभाका अध्यक्षका लागि उम्मेद्वारी दिने निर्णय गरेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS