images

उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ 

काठमाडौं–जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको शपथ ग्रहण गरेका छन् । नयाँ बनेको गठबन्धन सरकारमा जसपा अध्यक्ष यादवले अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।

उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायत पूर्व प्रधानमन्त्रीक साथै विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

ी फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ। यादव चार उपप्रधानमध्ये रवि लामिछानेपछि चौथो वरियतामा रहेका छन् ।