images
images
images

मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौं–गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवाका लागि सोर्स फोर्स लगाउन आउनेहरुका लागि ढोका बन्द हुने उद्घोष गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

उनले भीआईपी संस्कारको अन्त्य गर्ने समेत बताए । उनले भने– ‘मलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’

त्यसैगरि गृहमन्त्री लामिछानेले प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने समेत बताए । उनले भने– ‘मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ ।’
उनले आइजिवीलाई आफ्नो अधिकार प्रयोग गर्न समेत निर्देशन दिएका छन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS