images

इलाम-२ बाट उम्मेद्वार बन्न सुहाङले दिए निवेदन

काठमाडौं– आगामी वैशाख १५ हुने उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको छोरा समेत रहेका सुवाङले बुबा सुभासको निधनपछि उक्त क्षेत्रबाट उम्मेद्वार बन्नका लागि पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलाल सहित चार जनाले निवेदन दिएका छन् ।

उक्त सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको एमाले जिल्ला कमिटी इलामले जनाएको छ ।