images

प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक  जारी

काठमाडौं–संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

बैठक बिहान १० बजेदेखि नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी रहेकाे संसद सचिवालयले जनाएको छ ।

बैठकले प्रतिनिधिसभाको आज बस्ने बैठकका एजेन्डा तय गर्नुका साथै आगामी १५ दिनको संसद क्यालेन्डर तय गर्ने विषयमा छलफल गर्ने जनाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजे सुरु हुनेछ ।