images

बाबुको हत्या अभियोगमा छोरा बुहारी पक्राउ

काठमाडौं–नुवाकोटमा बाबुको हत्या गरेको अभियोगमा छोरा बुहारी पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।

गत विहिबार ५५ वर्षीय नेपालीको मध्यरातमा भएको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।

पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । यहि फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।