images

कांग्रेसलाई ओलीको प्रश्नः पोहोर सत्ता नभएर पनि विश्वासको मत दिने, अहिले किन नदिने ?

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतका लागि समर्थन जनाएका छन् । उनले पोहोर साल आफैले प्रस्ताव गरेर पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री बनाएको दाबी गरे ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीेले भने,पोहोर साल मैले समर्थन गरेर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको थिएँ । नेपाली कांग्रेस भोटै नमागीकन हतारिएर,हौसिएर,उत्साहित भएको थियो ।समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ? पोहोर एकदमै सकारात्मक भाषण गर्नु भएको थियो । उफ्री,उफ्री ।यसपल्ट के भयो त्यस्तो फेरी उनले भने,मान्छे उही,पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन । भित्र भित्र के थियो त्यो म जान्दिँन ।

अध्यक्ष ओलीले कांग्रेसले राम्रो काम जति आफूले गरेको भनेर जस लिने गरेको आक्षेप लगाए । कहाँ अर्कालाई जस दिएको हो । प्रचण्ड जी मुख्य हो यो परिवर्तन गर्ने। साथ दिने म पनि हो। दुई भाईलाई जस दिए हुन्छ नि अलिकति ।

नेपाली कांग्रेस इमान्दारी नभएको आरोप लगाए । उनले आफ्ना कारणले शान्ति प्रकृयाको बाँकी काम अवरुद्ध नभएको दाबी गरे । ‘मलाई यो प्रधानमन्त्रीको इच्छा छैन । अब त यो देशमा केही गरौन भन्ने हो उनले भने ।’