images
images
images

पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभियो भने राजनेताको गद्दीको हालत के होलाः कांग्रेस सांसद शर्मा

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कांग्रेसकै मतका कारण माओवादी सदनमा तेस्रो दल भएको बताए । माओवादीकै कारण कांग्रेस पहिलो दल बनेको भए पनि कांग्रेसले माओवादीले धोका दिएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई खण्डन गर्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले माओवादी नै धोकेबाज भएको आरोप लगाए । उनले भने,पालै पालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभियो भने,धोका खाएकाहरु एक हौँ भनेर नारा लाग्यो भने नि ।तब चाहिँ राजनेताको गद्दीको हालत के होला ? उनले आफूले स्थिती बदलौँ भनेको तर उनले गठबन्धन बदलिएको आरोप लगाए ।

उनले कांग्रेस कोशीमा धोका दिएको भन्ने अभिव्यक्ति प्रति आफ्ना प्रदेश सभा सदस्यले रोल्पामा माओवादीबाट धोका पाएको बताए ।

कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशमा विश्वासको खडेरी भएको र प्रचण्डले एक वर्षमा तीन पटक विश्वासको मत लिएको बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्री ज्यूसँग राजनीतिक रुपमा अविश्वास सबैको छ । तर गणितमा उहाँ विश्वासमा हुनुहुन्छ । ’

शर्माले विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गर्नु आफ्नो बहादुरी पेस गर्न खोजेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गर्न किन आपत्ति ?’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS