images

मैले प्रधानमन्त्रीलाई भनेको हो, तपाइको चाल निको छैनः अध्यक्ष लिंङ्देन

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनले अहिलेको गठबन्धन भनेको स्वार्थको गठजोड भएको बताए । उनले अहिलेको सरकार जनताका समस्याहरुलाई केन्द्रमा राखेर नभई आफूलाई सुरक्षित गर्नका लागि बनेको आरोप लगाए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, यो सत्ता केन्द्रीत गठबन्धनमा राप्रपा सहभागी नहुने र विश्वासको मत नदिने प्रस्ट पारे । उनले भने, ‘नेताका प्रति जनताको विश्वास क्षयीकरण भएको छ । हामीलाई सत्तामा बस्नु छैन । गठबन्धन बन्दा र छुँट्दा राजनीति कारण हुन्छ । तर अहिले केही कारण छैन ।

सबैलाई थाहा छ तपाई भ्रष्ट्राचार काण्डमा नाम मुछिएको छ । मैले प्रधानमन्त्रीलाई भनेको हो । तपाइको चाल निको छैन । फेरिन लाग्नु भएको जस्तो छ । उहाँले त्यो बेला म फेरिन लागेको छु भन्नुभयो । यो चाल सच्याउँनुहा्ेस् ।’