images

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार संसदमा विश्वासको मत लिएका छन् ।

एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेका थिए । यससँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो ।

२६८ जना उपस्थित रहेका कुल सांसद मध्ये प्रधानमन्त्रीले १५७ मत प्राप्त गरे भने विपक्षमा ११० र दिन्न भन्नेमा एक मत परेको थियो ।

प्रधानमन्त्री  प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मत हालेका थिए ।

स्वतन्त्र सांसद प्रभु शाह र योगेन्द्र चौधरीले समेत विश्वासकाे मत दिए ।