images

क्यानडाका लागि नेपाली राजदूत पौडेलले लिए राष्ट्रपति समक्ष शपथ

काठमाडौं– क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

यस अघि राजदूतमा नियुक्त हुनुअघि पौडेल परराष्ट्र सचिव थिए । उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।