images

सुन तस्करीबारे छानबिन आयोगले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं–सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
बिहीबार छानबिन आयोगका अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश डिल्लीराज आचार्यको टोलीले गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको हो ।
आयोगले सुन तस्करीमा संलग्नहरूसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण लगायत गरेर केही महत्त्वपूर्ण सिफारिसहरू सरकारलाई गरेको आचार्यले बताए ।
विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेप मार्फत आएको सुन तस्करी लगायतमा तस्करीलाई  राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाइएको थियो ।  सरकारले गत असाेज १४ गते पूर्व न्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोर जङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ । विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए