images

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु 

काठमाडौं– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सि-साइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि  काठमाडौंका सुजन कार्की,अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो । पापा जोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिएको थियो ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अरब टाइम्सले जनाएको छ । मृतकहरूको शवलाई पोस्टमार्टमका लागि फरवानियामा अस्पतालमा राखिएको छ ।  मृतकहरूको बिमा र शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावासले जनाएको छ ।