images
images
images

सन्दीपविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालत

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालय पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेको हो।

जिल्ला अदालतको फैसलाले सन्दीपलाई दोषी ठहर गरे पनि सरकारी पक्षले पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा निवेदन दर्ता गरेको हो।

उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको पुष्टि गरे ।

दुवै पक्षको निवेदन दर्ता भएपछि अब पेसी तोकेर सुनुवाइ अघि बढ्ने उच्च अदालत पाटनले जनाएको छ ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। तर नाबालिक भने नरहेको अदालतको ठहर थियो।

सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS