images
images
images

गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ 

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गरेको छ।

बिहीबार प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए ।

सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे ।

बैठकको आकस्मिक समयमा कांग्रेस सांसद पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछाने गृहमन्त्री बनेको भन्दै उनको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । उनले प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी समेत दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS