images

लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर, चार गते पेशी तोकियो

काठमाडौं– लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बिहीबार अधिवक्ता अनु भट्टराईले कानून बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानून छैन । तर सहरमा लिभिङ टुगेदरमा बस्नेहरूको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता भट्टराईले यसलाई व्यवस्थित गर्न कानून बनाउन माग गर्दै रिट दायर गरेकी हुन् ।

लिभिङ टुगेदरमा बसेकाहरूमाथि जबरजस्ती करणी, नाता कायमको मुद्दा लगायतमा कमी ल्याउन र यौनिक विषयलाई अनैतिक तथा चरित्र हत्याको विषयमा लिने प्रचलनको अन्त्य गर्न कानुन आवश्यक पर्ने उनको जिकिर छ । उक्त रिटकाे चैत ४ गते सुनुवाइको मिति तोकिएको छ ।