images
images
images

अन्तर्राष्ट्रिय नकआउट फुटबल विजेताले हात पारे २ लाख ७१ हजार नगद पुरस्कार

सिरहा–“युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान”  नाराका साथ आयोजित सहिद हेमनारायण गोल्ड कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब सिरहाले हात परेको छ  ।

 सलहेश युवा क्लबले राजा रानी फुटबल क्लब, धनकुटालाई हराउँदै उपाधि हात पारेको हो । खेलमा सलहेशले राजा रानीमाथि २–१ को जित निकाल्दै विजयी बन्यो ।  विजेता बनेको सलहेशले उपाधिसहित नगद २ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता राजा रानीलाई १ लाख ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रदान गरिएको छ ।

यस्तै सलहेश युवा क्लबकाबाट फोडे फोफना फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता बने भने राजा रानीका राजु नगरकोटी उत्कृष्ट गोलरक्षक चुनिए । यता सलहेशका कुलदिप कार्की सर्वोकृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीको सहभागिता रहेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS