images

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा 

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रवार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्नका लागि समय दिएका थिए ।
सांसद पौडेलले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएको व्यक्तिलाई गृहमन्त्री बनाएको प्रति प्रधानमन्त्रीको जवाफ माग गरे । उनले छानबिनको दायरामा रहेको व्यक्तिलाई गृहमन्त्री बनाएर छानबिन प्रक्रिया रोक्न खोजेको भन्दै आपत्ति जनाए । साथै सांसद पौडेलले गृहमन्त्री लामिछानेलाई राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न सुझाव दिए।