images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, सिआइबी प्रमुखलाई कारबाही गर्ने तयारी

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद्को बैठक आव्हान गरेका छन् । बैठक आज(शुक्रवार) साँझ ५ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यको कमजोरी औँल्याएको छ । आजको मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई विभागीय कारबाही गर्ने जनाइएको छ ।

शुक्रबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो । उनीहरुबीचको छलफल पश्चात आयोगको प्रतिवेदन अनुसार नै बज्राचार्यलाई कार्बाही गरिने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय लिने बताइएको छ