images

रौतहटमा बैङ्क लुटियो, कर्मचारीमाथि गोली प्रहार

काठमाडौं–रौतहटमा सशस्त्र समूहको टोलीले ग्लोबल आईएमई बैङ्कमा लुटपाट गरेको छ ।भारतीय सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैङ्कको शाखा कार्यालयमा लुटपाट भएको हो ।

शुक्रवार दिउँसो हतियारसहित मोटरसाइकलमा आएका तीन जना लुटेराहरूको समूहले बैङ्क लुटपाट गरेका हुन् । उनीहरूले बैङ्कबाट करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैङ्कका कर्मचारी नितेश साहलाई बैङ्कबाट बाहिर निकालेर अभियुक्तहरूले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।