images

१४ औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८० भव्यताका साथ सम्पन्न

काठमाडाैं- वरिष्ठ गायिका मिरा राणालाई एक लाख रुपैयाँसहितको विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै १४ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ ।  काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको कार्यक्रममा स्रष्टा सर्जकहरूलाई सम्मानका साथै अन्य २३ विधामा कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो ।
वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार नगदसहित  विन्ध्यवासिनी साधना सम्मान, गायक रूपक डोटेललाई प्रेम ध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मान गरिएको थियो,  जसको नगद राशि २५ हजार रुपियाँ रहेको छ । त्यस्तै २५ हजार नगदसहित पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान र गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरिएको छ ।
यी हुन अवार्ड विजेताहरुः
विधा                           विजयी                         गीतको बोल
गीत                              विष्णु भण्डारी                          जाली माया
सुगम गायक                   निशान भट्टराई                    प्रेमको प्रस्ताव
सुगम गायिका                 काब्या आचार्य                    तिम्रो यादमा
सुगम सङ्गीत                  बिबि अनुरागी                      जान्दिन है प्रियतम
सुगम रचना             सत्यराज चौलागाईं                       सँगसँगै बाँचौला
सुगम महिला गीतकार     राधिका अधिकारी                  नभए यदि भार
सङ्गीत संयोजन                 सुदिप सागर                     सकम्बरी
पप गायन                     टङ्क तिमिल्सेना                    मेरी चम्पा
युगल गायन                   रमेशराज भट्टराई र रचना रिमाल    भन साइँला २
लोकदोहोरी गायक              रामचन्द्र चन्द                     घाँटी रेट्नेलाई
लोकदोहोरी गायिका             जुना श्रीष मगर                   पानी खोलीको
लोकदोहोरी भाका               रमेश परियार                     बनमा खयर
लोकदोहोरी गीत                कृष्ण भारद्वाज                    डम्बरकुमारी
आधुनिक भिडियो मोडल जोडी    विजय पुन र गीता ढुङ्गाना         पत्थरको मुटु २
राष्ट्रिय भावको गीत             बाबुराम श्रेष्ठ                    वीर नेपाली सेना
लोकदोहोरी भिडियो निर्देशक      मौसम हिमाली                   रिमै
सुगम भिडियो निर्देशक           शिशिर खाती                    जुम्ला
भिडियो छायाकार                नवराज उप्रेती                  सकम्बरी
भिडियो सम्पादन                मनोज कार्की                    जुम्ला
दोहोरी नवप्रतिभा               डोलराज परियार                 कमली
पप तथा आधुनिक नवप्रतिभा     चेतन गोतामे                   को आफ्नो को पराइ
लोकदोहोरी मोडल              दिक्पाल कार्की र अनु पराजुली     ओ राजै
जुरी अवार्ड उचाल्नेहरुः
आधुनिक गायनतर्फः बेनिशा पौडेल
लोक तथा दोहोरी गायनतर्फः  समीक्षा अधिकारी
गीतकार, महिलातर्फ: सविता पोखरेल
अभिनयतर्फः सञ्चिता शाही
सम्पादनतर्फः दीपक विष्ट
निर्देशनतर्फः काजिश श्रेष्ठ
यसका साथै पल शाहले मोस्ट पलपुर र एलिना रायमाझीले पब्लिक चोइस अवार्ड उचालेका थिए ।
गीत सङ्गीत र नृत्य प्रस्तुतिका साथ अघि बढेको कार्यक्रममा गायक शिरीष देवकोटा, देवी घर्ती र सुनिता बुढा क्षेत्रीले बैना हजुरको, नजरैको भर, म त आउने थिइन जस्ता गीत प्रस्तुत गरेर कार्यक्रमको माहौल तताएका थिए ।
गायिका समीक्षा अधिकारीले नबोली नबोली बोलको गीत प्रस्तुत गर्दा नायक पल शाह, एलिना रायमाझी, काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुनलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी कार्यक्रममा रोचकता थपेका थिए । उनीहरूको प्रस्तुतिमा दर्शक झुमेका थिए । कार्यक्रमको सुरुवातमै मनीष गन्धर्व र सारङ्गी स्कुलका विद्यार्थीहरूले सारङ्गीका धुन प्रस्तुत गरी मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रममा विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले स्रष्टा, सर्जकको सम्मान र नेपाली कला तथा संस्कृतिको संरक्षण तथा संबद्र्धनमा सदैव लागिरहने प्रतिबद्धता जनाएकी थिइन । फाउन्डेसनले हरेक वर्षको अन्त्यमा जीवनभर कला साधना गर्ने र सो वर्ष भरी उत्कृष्ट काम गर्ने स्रष्टा, सर्जक तथा कलाकारहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै आएको छ ।